डाक्नेश्वरी नगरपालिकामा एमाले विजयी

काठमाण्डु टुडे २०७९ जेठ ८ गते १७:५८ मा प्रकाशित

सप्तरी, ८ जेठ– सप्तरीको डाक्नेश्वरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजय भएका छन्। एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका रामलखन मलाह र उपप्रमुखमा उम्मेदवारी दिएकी मीराकुमारी यादव विजयी भएका हुन्।

मलाहले ५ हजार ८५४ मत प्राप्त गरि विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण यादवले ५ हजार ३९६ मत प्राप्त गरे।

उपप्रमुखमा एमालेकै मीरा कुमारी यादवले ६ हजार १९७ मत प्राप्त गरि विजय भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us