सप्तरीको शम्भुनाथ नगरपालिकामा एकीकृत समाजवादी विजयी

काठमाण्डु टुडे २०७९ जेठ ५ गते ७:३१ मा प्रकाशित

सप्तरी, ५ जेठ– सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयर र उपमेयर नेकपा एकीकृत समाजवादीले जितेको छ ।

एकीकृत समाजवादीका जितेन्द्रप्रसाद गुप्ता कलवारले ५ हजार ३ सय ९२ मतसहित विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपेन्द्रकुमार चौधरीले ४ हजार १ सय ४३ मत ल्याए ।

उपमेयरमा पनि एकीकृत समाजवादीकी अनिताकुमारी चौधरी विजयी भइन् । उनले ४ हजार ९ सय ९८ मत प्राप्त गरिन् । काँग्रेसकी कल्पनाकुमारी सरदार ४ हजार २ सय ७१ मत ल्याएर पराजित भइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us