दाङको घोराही उपमहानगरपालिमा काँग्रेस–माओवादी गठबन्धन असफल

काठमाण्डु टुडे २०७९ जेठ ५ गते ७:१७ मा प्रकाशित

दाङ, ५ जेठ– सत्ता गठबन्धनलाई पराजित गर्दै दाङको घोराही उपमहानगरपालिमा एमाले विजयी भएको छ ।

एमालेका नारुलाल चौधरी ३१ हजार ७ सय २८ मतसहित दोश्रो कार्यकालका लागि मेयर निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हेमराज पोखरेल २६ हजार ३ सय ६८ मत प्राप्त गरे ।

उपमेयरमा पनि एमालेकी हुमाकुमारी डिसी ३० हजार ४ सय ३ मतसहित उपमेयर निर्वाचित भएकी छन् । उनले काँग्रेसका भुपबहादुर डाँगी क्षेत्रीलाई जम्मा ४९ मतले पराजित गरिन् ।

क्षेत्रीले ३० हजार ३ सय ५४ मत प्राप्त गरिन् । सत्ता गठबन्धनको मत बदर भएका कारण एमालेले जितेको हो । मेयरमा ५ हजार र उपमेयरमा ६ हजार बढी म तबदर भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us