मतपत्रबारे विवाद भएपछि धरानमा मतगणना स्थगित

काठमाण्डु टुडे २०७९ जेठ ४ गते १७:१३ मा प्रकाशित

धरान, ४ जेठ– धरान उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। वडा नं. २० मा मतगणनाका क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नपाइएपछि विवाद भएको थियो।

हस्ताक्षर नभएका मतपत्र नेकपा माओवादीको ११ वटा, नेपाली कांग्रेसको ४ वटा र नेकपा एमालेको चुनाव चिह्नमा छाप लागेका ३ भेटिएका थिए।

केही बेरअघि मतगणनास्थलमै बसेको सर्वदलीय बैठकले कानुन बमोजिम मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र रद्द हुने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us