पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय कुमार निर्वाचित

काठमाण्डु टुडे २०७९ जेठ ४ गते १४:५५ मा प्रकाशित

पर्सा, ४ जेठ– पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय वष्टि कुमार निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवारी दिएका कुमारले जित हात पारेका छन्।

अध्यक्षमा निर्वाचित भएका बशिष्टले ३ हजार ७४३ मत ल्याए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय कुमारले ३ हजार ६२६ मत ल्याए।

यसअघि सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षीय युवक अध्यक्षमा निर्वाचित भएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us