काठमाडौंमा बालेनको फराकिलो अग्रता, ६ हजार मत कटाए

काठमाण्डु टुडे २०७९ जेठ २ गते १२:४७ मा प्रकाशित

काठमाण्डु, २ जेठ– काठमाडौ महानगरपालिकाको पछिल्लो नतिजाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ६ हजार मत कटाएका छन् ।

सोमबार १२ बजेको नतिजाअनुसार साहले ६ हजार १६ मत ल्याएका छन् । त्यस्तै एमालेका केशव स्थापितले ३१ सय ४१ र काँग्रेसका सिर्जना सिंहले २७८१ मत प्राप्त गरेकी छन् ।

यस्तै उप मेयरतर्फ एमालेकी सुनिता डंगोलले ६ हजार १ सय ७३ पपुलर मत ल्याएर अग्रता कायम गरेकी छन् । त्यस्तै गठबन्धनका रामेश्वर श्रेष्ठले १६९० मत मात्र पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us