इलाममा मतगणना स्थलमा गोली चल्यो 

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते १३:०३ मा प्रकाशित
इलाम, ३१ वैशाख– इलामको देउमाई नगरपालिकाको मतगणनास्थलमा गोली चलेको छ ।
मतगणनाका क्रममा विवाद भएपछि प्रहरीले गोली चलाएको हो ।  मतगणनामा बसेका नगरपालिकाका कर्मचारीको साथबाट स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद सुरु भएको थियो । इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले भित्र स्वस्तिक छाप भेटिएपछि बाहिर सत्ता गठबन्धन दलका कार्यकर्ताले नाराबाजी गरेका थिए ।
सत्ता गठबन्धनले इलाममा पुनः मतगणनाको माग गरेको छ । प्रहरीले स्थिति तनावग्रस्त भएकाले दुई राउण्ड हवाई पाmयर गरिएको जनाएको छ । अहिले स्थिति सामान्य रहेको र मतगणना सुचारु गर्ने तयारी भएको कार्कीले बताए ।
तर, सत्तारुढ काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने मतगणनामा बसेका नगरपालिकाका कर्मचारीले स्वस्तिक छाप राखेर एमालेको सूर्य चिन्हमा मतदान गरेको आरोप लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us