काठमाण्डु महानगरमा बालेन साहको सुरुआती अग्रता

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते १०:१३ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख– काठमाण्डु महानगरपालिकाको मतगणना सुरु भएको छ ।

काठमाण्डुको वडा नम्बर १ र ३२ बाट मतगणना सुरु भएको हो । मतगणनामा बस्ने प्रतिनिधिका विषयमा विवाद भएपछि काठमाण्डु महानगरको मतगणना ढिलो गरी सुरु भएको हो ।

तीन लाखभन्दा बढी बतदाता रहेको महानगरमा १ लाख ८९ हजार मत मात्र खसेको छ । काठमाण्डुको मेयरमा एमालेबाट केशव स्थापित, काँग्रेसकी श्रृजना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहबीच प्रतिस्धर्पा हुने अनुमान गरिएको छ ।

श्रोतका अनुसार बालेन साहले सुरुआती अग्रता लिएका छन् । यद्यपि निर्वाचन कार्यालयले त्यसबारे केही बताएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us