अमेरिकामा कार दुर्घटनामा युवकको मृत्यु

काठमाण्डु टुडे २०७९ वैशाख ४ गते ७:२६ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको सवारी दुर्घटनामा एक नेपालीको ज्यान गएको छ ।

क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा भएको कार दुर्घटनामा ३२ वर्षीय प्रज्वलविक्रम विष्टको बिहीबार राति भएको कार दुर्घटनामा मृत्यु भएको हो ।

विष्टको रोकिएको कारलाई पछाडिबाट अर्को कारले ठक्कर दिएको त्यहाँको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us