साहित्यकार पाल्पालीको निधन

रासस २०७८ फागुन १८ गते १०:१३ मा प्रकाशित

काठमाण्डु, १८ फागुन–  साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल) को निधन भएको छ।

विसं २०३२ मा पाल्पामा जन्मेका उनको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो।

केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आएका पाल्पालीलाई पछिल्लो समय कोरोना संक्रमणसमेत भएको थियो।

केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं साहित्यकार पत्रकार रेणुका भट्टराईले जानकारी दिइन्।

उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पाल्पाली पत्रकारितामा पनि सक्रिय थिए।

उनी कानुन व्यवसायीसमेत थिए।

पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us