पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण

काठमाण्डु टुडे २०७८ माघ १० गते १७:१३ मा प्रकाशित

काठमाण्डु, १० माघ– पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २०१ जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा निको हुनेको संख्या भने २५४० जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ ।

हाल कुल संक्रमित भने एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १५ हजार १७८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख १८ हजार ४४८ जना रहेका छन् । संक्रमितमध्ये ८ लाख २४ हजार २३९ जना निको भएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ३७१ जनाले खोप लगाएका छन् । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us