२४ घण्टामा १० हजार ७ सयमा संक्रमण पुष्टि

काठमाण्डु टुडे २०७८ माघ ७ गते १६:३१ मा प्रकाशित

काठमाण्डु, ७ माघ– नेपालमा पछिल्लो २४ घन्टामा १० हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ हजार ९२ जनाको परीक्षण गर्दा सो संख्या थप भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । तीनजनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ जना पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us