सीके राउततलाई मन्त्री यादवको चेतावनी– तुफानसँग नटकराउनुस्

काठमाण्डु टुडे २०७८ माघ ६ गते १५:१९ मा प्रकाशित

काठमाण्डु, ६ माघ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गौर नरसंहार दोहोर्‍याउने धम्की दिएकी छिन्। बुधबार ‘बलिदानी दिवस’ को

अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जनमत पार्टीका अध्यक्ष सीके राउततर्फ संकेत गर्दै १५ वर्ष अगाडिको घटना दोहोर्‍याउने धम्की दिएकी हुन्।

‘आज हिंसा गर्नुछैन। आज बलिदान दिवस मनाउन आएका हौँ’, उनले भनिन्, ‘तुफानसँग नटकराउनुस्। नत्र तपाईंको पनि त्यही हालत हुन्छ, जुन राइस मिलमा भएको थियो।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us