भारतीय मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

काठमाण्डु टुडे २०७८ माघ ५ गते १०:०४ मा प्रकाशित

झापा, ५ माघ– झापामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

भारतीय नम्बर प्लेटको बिआर३७सी ९००८ र बिआर३७इ १९९४ नम्बरको मोटरसाइकल झापाको कचनकवल–४ केचना बजारमा आपसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो ।

दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले घाइते सिंहको उपचारका क्रममा गएराति मृत्यु भएको जानकारी दिए । दुवै मोटरसाइकल चालक र पछाडि बसेकाले समेत मादक पदार्थ सेवन गरेको पाठकले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us