पोखराबाट विराटनगर जाँदै गरेको बस सर्लाहीमा दुर्घटना, १६ यात्रु घाइते

काठमाण्डु टुडे २०७८ माघ ४ गते १७:५४ मा प्रकाशित

काठमाण्डु, ४ माघ– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । हरिवन नगरपालिका– ९ नोचामा ना. ५ ख ५०५५ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङका अनुसार पोखराबाट विराटनगरतर्फ जाँदै गरेको बस राजमार्गबाट पल्टिएको छ ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि नमुना अस्पताल पुर्‍याइएको दोङले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us