मानवीय सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान

काठमाण्डु टुडे २०७८ माघ २ गते ९:२२ मा प्रकाशित

काठमाण्डु, २ माघ– नेपालले ठूलो परिणाममा अफगानिस्तानमा मानवीय सहायता पठाएको छ ।

परराष्ट्र मन्त्रालयको नेतृत्वमा नेपालले लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री अफगानिस्तान पठाएको हो । परराष्ट्र मन्त्रबालयकी सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको उडानमार्फत बिहान काबुल प्रस्थान गरेको हो ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले मन्त्रालयका कर्मचारीसँगै निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीसहितको समेतको टोली मानवीइ सहायता सामग्री लिएर काबुल उडेको जानकारी दिए । मन्त्री खड्काका अनुसार टोलीले १४ टन सामग्री लगेको छ ।

उक्त सामग्री काबुलस्थित राष्ट्रसंघीय उच्चायोगको गाडीमा राखेर वितरण गरिने योजना छ । ती सामग्री सरकारी कोषबाट नभई व्यक्तिगत र व्यवसायिक क्षेत्रबाट संकलन गरिएकाले सरकारलाई आर्थिक व्ययभार नपरेको पनि मन्त्री खड्काले बताए । नेपालको इतिहासमै यति ठूलो संख्यामा अन्य राष्ट्रमा मानवीय सहायता सामग्री पठाइएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us