स्थानीय तह चुनावबारे दलहरूसँग के भन्यो आयोगले ?

एमालेले भन्यो– आगमी जेठ ६ सम्म नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने

काठमाण्डु टुडे २०७८ पुष ३० गते १५:२७ मा प्रकाशित

काठमाण्डु, ३० पुस– स्थानीय तहको चुनावलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा नेताहरूले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने सुझाव दिएका छन् ।

बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता रमेश लेखकले भने – ‘राष्ट्रियसभाको १२ गतेको निर्वाचनका लागि मतदान केन्द्र बढाउन सुझाव दिएका छौं,’ उनले भने, ‘दुई– तीन जिल्लामा मतदान केन्द्रमा राख्ने भनेको छौं ।’ त्यस्तै हाल चलिरहेको मतदाता नामावली संकलनलाई पनि अधिकतम सदुपयोग गर्न सुझाव दिएको बताए ।‘सरकारले छलफल गरेर चाँडो निष्कर्षमा पुर्‍याओस् भन्ने नै हो’, लेखकले भने

आयोगले वैशाख १४ र २० मा चुनाव गर्ने गरी सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता विष्णु रिमालले भने– ‘एउटै मात्रै विकल्प भनेको तोकिएको समयमै निर्वाचन गर्नुपर्छ भन्ने आयोगमा भनाइ थियो,’ उनले भने, ‘मैले आफ्नो दलको तर्फबाट आयोगको भनाइमा सर्मथन जनाएको छु ।’

उनले भने – ‘तोकिएकै मितिमा तत्काल गराउनुपर्छ भनेका छौं र त्यही अनुसारको सुझाव सरकारलाई दिउ भनेका छौं,’ रिमालले भने, ‘कुनै कानून आवश्यक छैन । अहिले चुनाव गर्न केही कुराले पनि रोक्दैन ।’ रिमालले कानूनअनुसार पनि आगमी जेठ ६ सम्म नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us