ओली रुघा खोकीका कारण अस्वस्थ, पूर्वनिर्धारित कार्यक्रममा ज्ञवाली सहभागी हुने

काठमाण्डु टुडे २०७८ मंसिर २३ गते १३:२४ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओली रुघा खोकीका कारण अस्वस्थ भएका छन् । बुधबारदेखि अध्यक्ष ओलीलाई सामान्य रुघा खोकीसहित ज्वरो आएपछि निवासमै आराम गरिरहेको नीजि सचिवालयका रामशरण बजगाईंले बताएका छन् ।

बजगाईका अनुसार अस्वस्थताकै कारण बिहिबार तय भएका पुर्व निर्धारित कार्यक्रममा समेत ओली सहभागी नहुने भएका छन् । तर ओली अस्वस्थ भएपछि उक्त कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us