भक्तपुरमा एमालेनिकट युवा संघका जिल्ला सदस्य राजनको हत्या

काठमाण्डु टुडे २०७८ मंसिर २२ गते १५:२६ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– एमालेनिकट युवा संघका भक्तपुर जिल्ला सदस्यको कुटपिट गरी हत्या भएको छ। सूर्यविनायक– १ सिरूटार घर भएका ३३ वर्षीय राजन श्रेष्ठको मंगलबार राति हत्या भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बालकोट बसीटोलस्थित हनुमन्ते खोलानजिकै रहेको खाली जग्गामा उनलाई अज्ञात व्यक्तिहरूले कुटपिट गरेका थिए।

गम्भीर घाइते अवस्थामा भेटिएका श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा राति साढे १० बजे मृत्यु भएको परिसर प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । घटनास्थलमा अनुसन्धानका लागि ठिमीका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीको नेतृत्वमा प्रहरी खटिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us