खोपले ओमिक्रोन संक्रमितलाई अस्पताल जानबाट जोगाउँछ–  डब्लूएचओ

काठमाण्डु टुडे २०७८ मंसिर २२ गते १०:४८ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर–  अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताएका छन् ।

प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन स‌क्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षाणमा अहिले प्रयोगमा ‌आएकै खोपले काम गर्ने देखिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us