काठमाडौँबाट सात जना मोटरसाइकल चोर पक्राउ

काठमाण्डु टुडे २०७८ मंसिर २१ गते १७:३६ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– मोटरसाइकल चोरीमा संलग्न सात जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मङ्गलवार रामशाहपथमा रहेको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सोमवार राति काठमाण्डौको बबरमहलबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

महाशाखाले गएको असार महिनायता चोरी भएका एक सय ८४ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us