नयाँ नेतृत्व चयन गर्न राप्रपाको मतदान सुरु

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते १२:३७ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर–  नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाधिवेशनमा मतदान शुरु भएको छ ।

अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । मतदान काजगी मतपत्र र इलेक्ट्रोनिक भेटिङ मेसिन(इभिएम) दुवैको प्रयोग गरेर गर्न लागिएको निर्वाचन अधिकृत राजु बस्नेतले बताए । महाधिवेशनमा अध्यक्षको चुनावमा काजगी मतपत्र र बाँकी पदाधिकारी तथा सदस्यको निर्वाचन भने इभिएमबाट हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us