बागमती प्रदेश सरकारमा मन्त्रालय आठ बाट १४ पुर्‍याइयो

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते ११:१७ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– बागमती प्रदेश सरकारमा मन्त्रालयहरुको संख्या बढाएर १४ वटा पुर्याइएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरुलाई भाग पुर्याउन यसअघि कायम ८ मन्त्रालयलाई फुटाएर १४ पुर्याइएको हो ।

राजपत्रको सूचना अनुसार अब बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी ऊर्जा तथा सिंचाइ, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, युवा तथा खेलकुद, वन तथा वातावरण, सामाजिक विकास र स्वास्थ्य मन्त्रालय बनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us