कास्कीमा बस दुर्घटनाः चालकको मृत्यु, आठ घाइते

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते १२:१२ मा प्रकाशित

कास्की, १४ मंसिसर– कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बस दुर्घटना भएको छ । दुर्घटनामा बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको चित्रुङधारा घर भएका भुपेन्द्र खनाल छन् । अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको पोखरास्थित फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ ।

पोखराबाट बागलुङ जाँदै गरेको लु १ ख ७७६६ नम्बरको बस बिहान अन्नपूर्ण गाउँपालिकाको वडा नं. ३ पाउदुरमा दुर्घटनामा परेको हो । बस सडकभन्दा तल अन्दाजी ३० मिटर तल पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us