हुम्लामा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते १०:५४ मा प्रकाशित

हुम्ला, १४ मंसिर–  जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । खाद्यान्न अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सिमकोट र हिल्साबाट सोमबारदेखि ढुवानी थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लामो समयदेखि खाद्यान्न ढुवानी नभएपछि भोकमारीको खतरा देखिएको थियो । लिमीका लागि ५०२ क्विन्टल खाद्यान्न ढुवानी गरिने बताइएको छ ।लिमी, हल्जी, तील, जाङ र हल्जीमा ढुवानी गरिएको खाद्यान्न वितरण गरिने वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us