आमाको कुटपिटबाट छोराको मृत्यु

काठमाण्डु टुडे २०७८ मंसिर १३ गते ११:०१ मा प्रकाशित

विराटनगर, १३ मंसिर– मोरङको कटहरी गाउँपालिका ५ मा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । ५५ वर्षीया आमा बातियो उरावको कुटपिटबाट ३५ वर्षीय राजेन्द्रप्रसाद उरावको आइतबार राति मृत्यु भएको हो ।

शनिबार राती मदिरा सेवन गरेर आएका राजेन्द्रले विवाद गर्न थालेपछि आमाले कुटपिट गरेको मोरङ प्रहरीले बताएको छ ।

आमाको कुटपिटबाट घाइते भएका राजेन्द्रको नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । आमा बातियोलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान बढाएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us