इथियोपियाका ९० लाख मानिसलाई खाद्य संकट पर्नसक्ने राष्ट्रसंघको चेतावनी

काठमाण्डु टुडे २०७८ मंसिर ११ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर–  द्वन्द्वग्रस्त मुलुक इथियोपियामा ९० लाखभन्दा बढी मानिसलाई खाद्य सङ्कट पर्न सक्ने देखिएको छ ।

संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व खाद्य कार्यक्रमको जानकारी अनुसार इथियोपियाका ९० लाखभन्दा बढीलाई खाद्य अभाव हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने भएको छ । अफ्रिकी देशहरूमध्ये दोस्रो धेरै जनसङ्ख्या भएको द्वन्द्वग्रस्त मुलुक इथियोपियाका लागि अहिलेदेखि नै खाद्य व्यवस्थापनको तयारी नगरिए ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी समेत दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us