रंगशाला निर्माण अभियानमा फेरि एक पटक जुर्मुराएर लाग्नुछः धुर्मुस

काठमाण्डु टुडे २०७८ मंसिर ८ गते १५:४० मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– चर्चित हास्य कलाकार र सामाजिक अभियन्ता जोडी सिताराम कट्टे (धुर्मुस) र कुन्जना घिमिरे (सन्तली) ले आटेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला अहिले अलपत्र परेको छ । धुर्मुसले भने– ‘हामीले सरकारलाई आह्वान गरेको निकासका लागि हो । देशको सम्पत्ति बचाउन हो । देशको धरोहर बनिरहेको छ’, उनले भने, ‘रंगशाला निर्माण अभियानमा फेरि एक पटक जुर्मुराएर लाग्नुछ ।’

उनले रंगशाला निर्माणका लागि अघि बढ्दा आश्वासन मात्रै धेरै पाएको उनले गुनासो गरे । पाएका साथ र हातहरु विस्तारै टुट्दै गएकाले तिनीहरुलाई जोड्ने प्रयास गरिरहेको धुर्मुसले बताएका छन् । उनले केही दिनमा नै रंगशाला निर्माणका प्रगति र खर्च विवरण सार्वजनिक गर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us