देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै न्यायाधीशले राजीनामा दिनुस्ः ओली

काठमाण्डु टुडे २०७८ कार्तिक ९ गते १५:५२ मा प्रकाशित

काठमाण्डु, ९ कात्तिक– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने विषयमा बहस केन्द्रित भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशहरु सबैले सामूहिक रुपमा राजीनामा दिन उपयुक्त हुने धारणा राखेका हुन् ।

‘हिजो पाकिस्तानी शैलीमा सरकार ढाल्ने श्रीमान् न्यायाधीशहरू । यति घण्टा, यति बजे भनेर राष्ट्रपतिलाई परमादेश जारी गर्ने तपाईंहरु अहिले पोल खोलाखोल गर्नुहुँदैछ । तपाईंहरु पाँचैजनाले सर्वसम्मतिका आधारमा परमादेश गर्नुभएको होला । अहिले एकजनाले किन ? तपाईहरु पाँचैजनाले राजीनामा गरे हुन्न ?’ ओलीले सोधे,‘ लोकतन्त्रमा जनताको आशा भरोसा न्याय प्रणालीप्रति हुनुपर्छ ।

अन्त न्याय नपाए अदालत गएपछि पाइन्छ भन्ने हुनुपर्छ । तर के आज त्यो स्थिति छ ?’ उनले जनतालाई समस्या परेका मुद्दा त पेन्डिङमै रहेको र नक्कली मुद्दाहरू खडा गर्ने काम भइरहेको आरोप लगाए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us