नाइजेरियामा तीस बालबालिका विद्यालयबाटै अपहरण

काठमाण्डु टुडे २०७८ कार्तिक ५ गते १७:३० मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक–  नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अपहरणमा परेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट ती बालबालिका अपहरणमा परेका हुन् ।

यहाँको विद्यालयबाट बिहीबार ती बालबालिकालाई अपहरण गरेर लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो विद्यालयबाट यसअघि पनि केही बालबालिका अपहरणमा परेका थिए । यहाँ सशस्त्र विद्रोह गरिरहेको बोको हराम समूहले ती बालबालिका अपहरण गरी लगेको बताइएको छ ।

यहाँ यसअघि पनि बोको हराम समूहले बालबालिकालाई विद्यालयबाट नै अपहरण गरी लग्ने गरेकाले यी ३० जना पनि सोही समूहले लगेको प्रहरीले अनुमान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us