मोहन वैद्य किरण भेट्न नर्भिक पुगे प्रचण्ड

काठमाण्डु टुडे २०७८ कार्तिक १ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, १ कार्तिक–  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

आज (सोमबार) थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर अध्यक्ष दाहालले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य आइतबार नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

सो क्रममा वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए। दमको समस्याबाट पीडित वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us