प्रदेश सभासदस्यद्वारा दसैँ भत्ता दलितलाई सहयोग

रासस २०७८ कार्तिक १ गते १४:३९ मा प्रकाशित

डोल्पा, १ कार्तिक– डोल्पा जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने  घोषणा गरेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको दसैँ खर्चको रकम आफ्नो निर्वाचन क्षेत्रको कुनै विद्यालय छनोट गरेर दलित बालबालिकाको हितमा खर्च गर्ने उनले घोषणा गरेका हुन् ।

डोल्पामा अन्य समुदायको तुलनामा दलित समुदाय आर्थिक तथा शैक्षिक दृष्टिकोणले पछि परेकाले थोरै भए पनि शैक्षिक सामाग्री जुटाउन सहज होस् भनेर सहयोग गर्न लागेको शाहीको भनाइ छ । अघिल्लो बर्षको दसैँ भत्ता पनि दलित बालबालिका अध्ययन गर्ने मुड्केचुला वडा नं ८ मा रहेको एक आधारभूत विद्यालयलाई उनले सहयोग गरेका थिए । जनताको प्रतिनिधि भएकाले तिनको सुख दुःखमा साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको शाही बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us