किन भासिन्छ बेला बेलामा पोखराको जमिन ?

काठमाण्डु टुडे २०७८ असोज १२ गते १२:२८ मा प्रकाशित

पोखरा, १२ असोज – पोखरा महानगरपालिका वडा. ४ मा रहेको सिद्दार्थ मार्गमा जमिन भासिएको छ । पोखराको सिद्दार्थ चोकभन्दा केहि मिटरभित्र रहेको सडककै आडमा जमिन भासिएको हो ।

पोखरामा केहि हप्ता अगाडी पनि बिभिन्न चोकहरु महेन्द्रपुल ,चिप्लेढुंगा ,नदीपुर ,छोरेपाटन लगाएतका मुख्य चोकहरुमा जमिन भासिएको थियो । यस्तै पोखरा महानगरपालीका वडा न. ४ मा रहेको सिद्दार्थ मार्गमा जमिन भासिएको छ । बाहिरबाट हेर्दा सानो भ्वाङ देखिएपनि भित्र ठुलो खोक्रो हुनसक्ने आशंका लागेपछि स्थानीय बासिन्दाले स्थानीय जनप्रतिनिधीलाई खबर गरेका थिए ।

जमिन भासिएपछि सुरुमा बिजुलीको पोल ढलेको थियो, भने उक्त स्थानमा ठुलो भ्वाङ्पनि देखिएको थियो । अग्नी यातायात प्रालीको पोखराको कार्यालय अगाडी नै जमिन भासिएपछि तत्काल्नै पोखरा महानगरपालिकाको डोजरको सहायतामा खाल्टोलाई खनेर हेर्दा भित्र ठुलो सुरुङ्ग जस्तै आकार देखिएको थियो ।

आकाशको भल र नालाको पानी बग्ने नालीकै आडैमा यसरी भासीएपछि आफुहरुलाई व्यवसाय संचालन गर्न र यस सडक हुदै काममा जान, आउँन डर भएको स्थानिएको भनाई रहेको छ । एकातिर बिजुलीको लाईन अवरुद्ध भएको थियो, भने अर्को तिर रातीमा आकाशबाट वर्षा भयो भने, झन् ठुलो भ्वाङ् हुन सक्ने आशंकामा स्थानीय त्रसित भएका थिए ।

पोखरा महानगरपालिकाको सहयोगमा डोजर ल्याएर हेर्दा खाल्टो बाहिरबाट ठुलो देखिएपनि भित्र धेरै गहिरो नभएको आकलनका साथै ग्राभेल हालेर खाल्टो पुरिएको थियो । पोखरामा अविरल वर्षा संगै बिभिन्न स्थानहरुमा यस्तो समस्या आउदा पोखरेली जनताहरु आफ्नो जमिन पनि यस्तै हुने हो, की ? भन्ने डरमा बसिरहेका छन् । सडक निर्माण गर्दा नालालाई राम्रो संग नबनाउदा यस्ता समस्याको सृजना हुने बिज्ञहरु बताउछन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us