माओवादीको आज बस्ने स्थायी कमिटी बैठक स्थगित

काठमाण्डु टुडे २०७८ साउन १८ गते ९:५५ मा प्रकाशित

काठमाण्डु, १८ साउन– नेकपा माओवादी केन्द्रको आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

आजको बैठकमा मन्त्री छनोटका विषयमा केन्द्रित हुने चर्चा थियो । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us