भारतलाई तर्साएको कोरोनाको नयाँ लहर नेपाल प्रवेश

काठमाण्डु टुडे २०७८ जेठ ४ गते २१:३४ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– नेपालमा कोरोना भाइरसको तेश्रो भेरियन्ट प्रवेश गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भरेयिन्टको कोरोना नेपालमा भेटिएको जनाएको छ । यो भेरियन्टको भाइरसका कारण भारतमा कोरोना नियन्त्रणबाहिर पुगेको हो । मन्त्रालयले हाल नेपालमा तीन प्रकारणका भेरियन्ट सक्रिय रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार मुलुकका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गर्दा नयाँ भाइरस भेटिएको हो । जसमध्ये ९७ प्रतिशत (३४ वटा) नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ भाइरस पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

यी दुवैै पहिलोपटक भारतमा देखिएका भेरियन्ट हुन् । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको उल्लेख छ ।

अधिकारीले हाल पत्ता लागेको यो नयाँ भाइरस सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुले देखाएको बताए । मन्त्रालयले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न÷गराउन भूमिका बढाउन अपिल गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us