जसपाका केन्द्रीय सदस्य सिंहको निधन

काठमाण्डु टुडे २०७८ जेठ ४ गते १५:४६ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ । कोरोना पोजेटिभ भएका उनको उपचार वीरगञ्जमा चलिरहेको थियो । तर अवस्था बिग्रिँदै गएपछि हिजो हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको मेडिसीटीमा भर्ना गरिएको थियो ।

उनको आज निधन भएको जसपाका केन्द्रीय सदस्य संजय यादवले बताए । नेता सिंह पहिलो र दोस्रो संविधानसभामा बाराको क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us