जेठ १० गते नवराज विकको सम्झनामा प्रतिरोध दिवस मनाइँदै

काठमाण्डु टुडे २०७८ जेठ ४ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– बृहत् नागरिक आन्दोलनको ब्यानरमा जेठ १० गते प्रेम विरोधी जात व्यवस्थाको प्रतिरोध दिवस मनाइने भएको छ । गत वर्ष गैर जातीय विवाहको विषयलाई लिएर निम्तिएको विवादपछि जाजरकोटका नवराज विश्वकर्मा र उनको पाँचजना साथीहरुको रुकुम पश्चिममा सामूहिक हत्या भएको थियो ।

यस दिवसका अवसरमा केही दिनअघिदेखि नै विभिन्न व्यक्तिहरुको कविता, कला तथा भिडियो अभिव्यक्ती भर्चुअल माध्यमबाट प्रवाह गरिनेछ ।

त्यस्तै, जेठ १० गते भर्चुअल माध्यमबाटै प्रतिरोध कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us