पर्सामा निषेधाज्ञा जेठ ६ गतेसम्म जारी राख्न सिफारिस

काठमाण्डु टुडे २०७८ वैशाख २९ गते १६:०८ मा प्रकाशित

पर्सा, २९ वैशाख– पर्सामा लगाइएको निषेधाज्ञा जेठ ६ गतेसम्म जारी राख्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र –डीसीसीएमसी)को बैठकले जेठ ६ गते राति ६ बजेसम्मका लागि निषेधाज्ञा कायम राख्न सिफारिस गरेको हो ।

बुधबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले महामारी नियन्त्रणसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ ।

संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञा कोरोनाको संक्रमणको ‘चेन’ तोड्न उपयोगी देखिएकाले जेठ ६ गते राति १२ बजेसम्म थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने बैठकले निर्णय हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us