कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०७८ वैशाख २६ गते ११:१९ मा प्रकाशित

कञ्चनपुर, २६ वैशाख–कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१४ स्थित नयागाउँ घर भएका ३२ वर्षीय पदम बहादुर कठायत रहेका छन् । कठायतको साथबाट १ सय मिलिग्राम अवैध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरी चौकी झोलुङ्गेबाट खटिएको टोलीले उनि सवार प्रदेश–०२–००३ प ६६२२ नम्बरको स्कुटर रोकेर जाँच गर्दा मोबाइलको कभरमा लुकाएर बोकेको अवस्थामा हेरोइन फेला परेको थियो । प्रहरीले उनलाई लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us