कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख २६ गते १०:२० मा प्रकाशित

कैलाली, २६ वैशाख– कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीकै निजी अस्पतालमा गरेर थप ६ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीय महिला, वडा नम्बर १८ कि ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशिले जानकारी दिए ।

यस्तै, टीकापुर अस्पतालमा उपचाररत टिकापुर नगरपालिका–१ का ५० वर्षीय पुरूष र सोही नगरपालिकाका ५० वर्षकै पुरूषको मृत्यु भएको जोशीले बताए । धनगढीको एक निजी अस्पतालमा उपचाररत कैलालीको लम्किचुहा नगरपालिका–९ का ४३ वर्षीय पुरूषको पनि शनिबार राति मृत्यु भएको उनले बताए । यसअघि शनिबार नै कैलालीमा ९ जना संक्रमितको मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us