कोरोना संक्रमितलाई भर्ना नलिने काठमाण्डुका चार अस्पतालको घोषणा

काठमाण्डु टुडे २०७८ वैशाख २५ गते २०:१५ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– काठमाण्डुका चार अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेका छन् ।

चार अस्पतालले शनिबार संयुक्त विज्ञप्ति जारी गरी पर्याप्त अक्सिजन अभावमा संक्रमितलाई भर्ना लिन र उपचार गर्न नसक्ने घोषणा गरेका हुन् ।

बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका अस्पतालमा हेल्पिङ ह्याण्ड्स, दिर्घायु, मेडिकेयर र नेपाल–भारत मैत्री अस्पताल छन् ।

अक्सिजन नभएको भन्दै उनीहरुले शनिबारदेखि नै सीमित शय्या मात्र सञ्चालन गरेका छन् । ती चारै अस्पताल काठमाण्डुको चाबहिलमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us