ओलीलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई

काठमाण्डु टुडे २०७८ वैशाख ८ गते १५:४३ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– नेकपा माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने अख्तियारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

बुधबार बसेको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष कमरेड प्रचण्डलाई दिएको छ’, श्रेष्ठले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us