माधव नेपाल र प्रचण्डबीच यस्तो सहमति

काठमाण्डु टुडे २०७८ वैशाख ४ गते १४:३७ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच कोटेश्वरस्थित नेपालका एक शुभचिन्तकको घरमा वार्ता भएको हो । दुई नेताबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रधानमन्त्री केपी ओलीविरुद्धको रणनीतिलगायत विषयमा छलफल भएको थियो । नेपाल पक्षधर चार सांसदले फ्लोर क्रस गरेर कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिएको एक दिनपछि दुई नेताबीच छलफल भएको हो ।

श्रोतका अनुसार भेटमा प्रचण्डले प्रदेश सरकार जोगाउन राजनीतिक भविष्यसमेत दाउमा राखेर सांसदहरुले फ्लोर क्रस गरेको भन्दै नेपाललाई धन्यवाद दिएका थिए । बाँकी प्रदेशमा पनि सोही रणनीति अघि बढाउनेबारे समेत दुई नेताबीच सहमति भएको दाबी श्रोतले गरेको छ । माओवादी केन्द्रले प्रदेश–१, बागमति, गण्डकी र लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको छ । तर, ती प्रदेश सरकारहरु अविश्वास प्रस्ताव सामना गर्न तयार भएका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us