फेरि मध्यावधि निर्वाचन घोषणाको तयारी, ओलीले बोलाए सर्वदलीय बैठक

काठमाण्डु टुडे २०७८ वैशाख ३ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, ३ वैशाख– प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

ओलीले शनिबार बिहान ११ बजे सरकारी निवास बालुवाटारमा राजनीतिक दलका शीर्ष नेतालाई बोलाएका हुन् । श्रोतका अनुसार मध्यावधि निर्वाचबारे सहमति खोज्ने प्रयासमा ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

संसदले काम गर्न नसकेको भन्दै ओलीले पटकपटक निर्वाचनमा जानुको विकल्प नरहेको बताउँदै आएका छन् । ५ पुसमा ओलीले विघटन गरेको संसद सर्वोच्च अदालतले ११ फागुनमा ब्युँताइदिएको थियो ।

तर, ओलीले संसदलाई कुनै बिजनेस दिएका छैनन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा मध्यावधि निर्वाचनको प्रस्ताव राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us