उपत्यकासहित १५ ठूला सरहरका विद्यालय एक महिना बन्द !

काठमाण्डु टुडे २०७७ चैत ३१ गते १५:५९ मा प्रकाशित

काठमाण्डु, ३१ चैत– सरकारले उपत्यकासहित ठूला सहरका विद्यालय एक महिना बन्द गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डु उपत्यकासहित प्रमुख सहरी क्षेत्रका विद्यालयको पठनपाठन कम्तिमा एक महिना बन्द गर्न कोभिड रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी) मा सिफारिस गरेको हो ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकाका तीन र बाहिरका १५ जिल्लाका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरिएको जानकारी दिए । विद्यालय बन्द गर्न सिफारिस गरिएका सहरमा काठमाण्डु, ललितपुृर, भक्तपुर, विराटनगर, जनकपुर, वीरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालजञ्ज, धनगढीलगायत छन् ।

भिडभाडका कारण विद्यालयहरु कोरोना महामारी फैलने श्रोत बन्न सक्ने भएकाले बन्द गर्न सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us