चकलेट दिएर १० दिनमा ८ बालिका बलात्कार गर्ने पसले पक्राउ

काठमाण्डु टुडे २०७७ चैत १० गते १८:२७ मा प्रकाशित

एजेन्सी– भारत बिहारमा एक पसलेले चकलेट दिँदै ८ बालिकामाथि बलात्कार गरेका छन् ।

बिहार राज्यको लखीसरायस्थित कजरा गाउँका ५० वर्षीय पसले प्रकाश ताँतीले पछिल्लो १० दिनमा ८ बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कृत हुनेमा ५ देखि ७ वर्षका बालिका छन् । प्रहरीका अनुसार ती व्यक्तिले बाटो हिंडिरहेका बालिकाहरुलाई पसलमा बोलाउँथे र चकलेट दिने आश्वासन दिएर बालात्कार गर्थे ।

सोमबार बलात्कृतमध्ये दुई बालिकाको स्वास्थ्य अवस्था असामान्य भएपछि परिवारले सोधपुछ गर्दा ताँतीबाट बलात्कृत भएको खेलेको थियो । पछिल्लोपटक उनले २० मार्चमा एकै दिन दुई बालिका बलात्कार गरेका थिए । सुरुमा ८ बालिकाको परिवारले उजुरी दिएको भए पनि थप बालिकाका परिवारले उजुरी दिने क्रम जारी छ ।

ताँतीबाट दर्जन बढी बालिका बलात्कृत भएको अनुमान प्रहरीको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको मानसिक अवस्थाबारे जाँच गरेर छानबिन थाल्ने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us