२ सय ७४ कोरोना संक्रमित थपिए

काठमाण्डु टुडे २०७७ साउन १५ गते १६:५७ मा प्रकाशित

काठमाण्डु, १५ साउन– नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

६ हजार ३ सय ४ जनामा गरिएको पीसीआर परीक्षणमा २ सय ७४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार २ सय २७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको बताए ।

\उनले हालसम्म १४ हजार २ सय ४८ जना स्वास्थ्य लाभ गरेर घर गएको उल्लेख गरे । उनका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २७ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us