मन्त्रिपरिषदमा मदिरा पसल खोल्न दिनुपर्ने प्रस्ताव आएपछि कड्किए ओली

काठमाण्डु टुडे २०७७ वैशाख २४ गते २१:३० मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– प्रधानमन्त्री केपी ओलीले लकडाउनको समयमा मदिरा पसल खोल्न नदिइने स्पष्ट गरेका छन् ।

बुधबारको मन्त्रिपरिषद बैठकमा एक मन्त्रीले मदिरा पसल खोल्न दिनुपर्ने प्रस्ताव राखेका थिए ।

भारतमा समेत खुला गरेकाले अतिरिक्त शुल्क लिने र उक्त शुल्क कोरोना उपचार कोषमा जम्ममा गर्ने गरी मदिरा पसल खुलाउन दिनुपर्ने ती मन्त्रीको सुझाव थियो ।

तर , प्रधानमन्त्री उक्त प्रस्ताव सुनेर रिसाए । राजश्व आउँछ भन्दैमा जे पनि गर्न नहुने प्रधानमन्त्रीको जवाफ थियो ।

‘बरु राजश्व नआओस्, मदिरा बिक्री गर्न दिइँदैन’, ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us