पुँजीवादी दुनियाँले पनि मार्क्सलाई मानेका छन् : प्रचण्ड

रासस २०७७ वैशाख २३ गते १८:२७ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्स १ हजार वर्षयताकै महान् दार्शनिक भएको बताएका छन् ।

मार्क्सको २०२औं जन्म दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

सर्वहारा वर्गले मात्र नभएर पुँजीवादी दुनियाँले पनि मार्क्सको दर्शन र प्रतिपादित सिद्धान्तलाई मानेको प्रचण्डले बताए ।

उनले मार्क्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रूपमा स्मरण गरेका छन् ।

२१औं शताब्दीमा मार्क्सवादको रक्षा, प्रयोग र विकासका लागि विचारको विकास गर्न आवश्यक रहेको बताए ।

विश्व महामारीका रूपमा देखिएको कोरोना भाइरसका कारण गरिखाने श्रमजीवी जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै प्रचण्डले ती सबैको समस्या समाधान गर्न आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us