अन्ततः महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध अपहरण मुद्दा दर्ता

काठमाण्डु टुडे २०७७ वैशाख २२ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख– नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वलिकको कार्यालयमा काठमाण्डुमा उनीहरु तीनजनाविरुद्ध सोमबार अपहरण तथा शरीर बन्धक कसूरमा उजुरी दर्ता भएको हो ।

बस्नेत, श्रेष्ठ र खनालविरुद्ध जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाण्डु ल्याएको आरोप छ ।

सो पार्टीका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अपहृत भनिएका यादव गत साता उजुरी दर्ता गराउन महानगरीय प्रहरी परिसर काठमाण्डु पुगेका थिए । तर, प्रहरीले उजुरी लिन नमानेपछि सरकारी वकिल कार्यालयमा उजुरी दिइएको थियो ।

फौजदारी संहिता २०७४ ले प्रहरीले उजुरी दर्ता गर्न नमाने सरकारी वकिल कार्यालयमार्फत उजुरी दिने सकिने व्यवस्था गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us